Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८” रहेकोछ ।
(२) यो ऐन नेपाल भर लागू हुनेछ र नेपाल बाहिर जहाँसुकै रहे बसेको भए पनि सबै नेपाली नागरिकलाई लागू हुनेछ ।
(३) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।